दफा १२५
आवागमनमा बाधा पार्न नहुने
कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि मानिस वा सवारीको आवागमनमा बाधा पुग्ने गरी मालसामान वा सवारी राख्न हुँदैन ।
तर कुनै विशेष परिस्थिति परी कुनै सार्वजनिक स्थानमा केही समयको लागि कुनै मालसामान राख्नुपर्ने भएमा नजीकको प्रहरी कार्यालयलाई सोको जानकारी दिई त्यस्तो कार्यालयको स्वीकृति लिनु पर्छ ।